वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बोर्डको अध्यक्षमा श्रेष्ठ

अर्थटुडे
२०८१ मंसिर १०, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिव एक बर्षपछि अध्यक्ष पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीको संयोजकत्वमा बनेको धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो।

व्यवसायी श्रेष्ठलाई सरकारले नियामकीय निकाय धितोपत्र बोर्ड हाक्ने जिम्वेवारी दिएको हो । अघिल्लो सरकारले श्रेष्ठलाई नै अध्यक्ष बनाउन दवाव आएको भन्दै उनको नियुक्ति नगरी बसेको थियो । श्रेष्ठलाई अध्यक्ष नबनाएका कारण सरकार ढलेको पुर्व अर्थमन्त्री बर्षमान पुनले खुलेआम भनेको थिए ।

२०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको उक्त पदमा खाली हुँदा पुँजीबजारको विकास र सेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् ।

श्रेष्ठको नियुक्तिसँगै अब पुँजीबजारको विकास र हालसम्म रोकिएका तथा दीर्घकालीन महत्वका काम गर्नुपर्ने चुनौती श्रेष्ठलाई छ ।
उनी सन् २०१३ अप्रिलदेखि सन् २०१६ फेब्रुअरीसम्म उनी नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा सदस्यका रुपमा रहेका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ