वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साना किसानले १४ प्रतिश बोनस शेयर प्रदान गर्ने

अर्थटुडे
२०८१ पुष २४, बुधबार

काठमाडौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

संस्था लि.ले आर्थिक वर्ष २०७९/८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आ.व २०७९/८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।
१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल यस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ