वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

को बन्ला प्राधिकरणको अध्यक्ष, १२ जनाको आवेदन

अर्थटुडे
२०८१ माघ ११, शुक्रबार

काठमाडौ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार शुक्रबार कार्यालय समय सकिँदासम्ममा सो संख्यामा आवेदन प्राप्त भएको हो ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार शुक्रबार कार्यालय समय सकिदासम्ममा कमल प्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरन्जीवी चापागाई, विष्णुवावु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिम प्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले आवेदन दिएका छन् ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । उनको कार्यकाल करिब १ महिना बाँकी थियो ।

सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ