वि.सं. २०८१ माघ २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्चेन्ट बैंकर्स संघ र एआईबीआईविच पारस्परिक सहयोग र सहकार्य गर्ने सम्झौता

अर्थटुडे
२०८१ माघ १४, सोमबार

काठमाडौ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच लगानी व्यवसायीहरू पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो ।

नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले सो सम्झौतामा हस्ताक्षर गरे । सो सम्झौता अनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्घि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ ।

लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एशोशिएशनहरुबीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको मर्चेन्ट बैंकर्स संघले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ