काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नौ टा ब्रोकर कम्पनीलाई कारोबार गर्नबाट बञ्चित गरेको छ । समयमै नगद र आवश्यक कागजात बुझाउन नसकेको भन्दै नेप्सेले कारबाही स्वरुप कारोबारबाट बञ्चित गरेको हो । यसमध्ये आठ वटाले कागजात बुझाउन सकेका छैनन् भने एउटाले नगद र कागजात दुबै बुझान नसकेको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार, कागजात बुझाउन नसकेर कारोबारबाट बञ्चित गरिएका ब्रोकर कम्पनीमा जेएफ सेक्युरिटिज प्रालि, प्रिमो सेक्युरिटिज प्रालि, एबिसी सेक्युरिटिज प्रालि, सगरमाथा सेक्युरिटिज प्रालि, नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि, स्वेता सेक्युरिटिज प्रालि, एसियल सेक्युरिटिज प्रालि र त्रिसुल सेक्युरिटिज प्रालि छन्।
सेक्योर्ड सेक्युरिटिज प्रालिले भने नगद र कागजात दुबै बुझाउन सकेको छैन।
यसैगरी सेयर बजार विहिबार .१८ अंकले उकालो लागि १०३४.३९ अंकमा पुगेको छ। समूहगत परिसुचकमध्ये विकास बैंक र जलविद्युत समूहतर्फ घटेको छ भने बाँकी सवै परिसुचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार ३९ करोड ५९ लाख १६ हजार ४९९ रुपैयाँ बराबरको ६ लाख ८९ हजार ७३५ कित्ता सेयर किनबेच भएको छ।
कुल दुई हजार ८९७ वटा कारोबारमा एक सय ४५ कम्पनीका सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया