वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्यास उद्योगीको आन्दोलन स्थगित

अर्थटुडे
२०८१ माघ ३०, बुधबार

काठमाडौ । ग्यास उद्योगीहरुले आन्दोलन स्थगित गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल एलपी ग्यास उद्योग संघले १५ दिनको लागि आफ्नो आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

बुधबार भएको वार्तामा उद्योगीहरुको मागको बारेमा अध्ययनका लागि समिति गठन गर्ने सहमति भएपछि उद्योगीहरु १५ दिन आन्दोलन स्थगित गर्न सहमत भएका छन् । समितिले अध्ययन गरेर दिएको सुझावको आधारमा आवश्यकता अनुसार उद्योगीहरुको मागको सम्बोधन गरिने सहमति भएको हो ।
वार्तामा विभागीय मन्त्री दामोदर भण्डारीका साथै संघका अध्यक्ष शिव घिमिरे, नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका भट्ट लगायत सहभागी थिए ।
कमिसन बढाउन माग राख्दै ग्यास उद्योगीहरुले आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ