वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल पेट्रोलियम ढुवानी महासंघले आन्दोलन गर्ने, विहिबार निगमको केन्द्रिय कार्यालयमा धर्ना

अर्थटुडे
२०८१ माघ ३०, बुधबार

काठमाडौ । नेपाल पेट्रोलियम ढुवानी महासंघले भोलि (विहिबार) देखि आन्दोलन गर्ने भएका छन् । बुधबार महासंघले पत्रकार सम्मेलन गर्दै समयसापेक्ष ढुवानी भाडा समायोजन लगायतका माग राख्दै विहिबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

महासंघका अध्यक्ष मनोज दासले पटकपट लिखित सम्झौता गरेर पनि निगमले समस्या समाधान नगरेको बताए । विभागीय मन्त्री र प्रधानमन्त्रीसम्मलाई समस्याको बारेमा जानकारी हुँदा पनि समाधान नभएकाले बाध्यतावश आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले बताए।

महासंघका महासचिव विश्व अर्यालले देशभरको डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको ढुवानी भाडा समय सापेक्ष समायोजन गर्नु पर्ने, संचालन खर्च घट÷बढ हुँदा पूर्वनिर्णय अनुसार सोही अनुपातमा समायोजन हुनुपर्ने माग राखेर आन्दोलन गर्न लागेको बताए ।

उनले नेपाल आयल निगमबाट करारमा सञ्चालित ट्यांकरहरुको ढुवानी भाडामा बास्तविक ट्रिप संख्या यकिन गरी यथार्थ संचालन खर्च, मर्मत सम्भार, खुराकी, तलब खर्चलगायतका समस्या समाधान गर्न निगमले चासो न देखाएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको बताए।

महासंघले पहिलो चरणमा बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिने विरोधको कार्यक्रम घोषणा गरेको छ। व्यवसायीले फागुन ५ गतेबाट सबै डीपोमा ट्यांकरको साँचो निगमलाई बुझाउनेसहितका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ