वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा सुधार नभए गम्भिर दुर्घटनामा पर्ने सचिव श्रेष्ठको चेतावनी

अर्थटुडे
२०७१ श्रावण २९, बिहीबार

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारीमा सुधार नभए गम्भिर दुघर्टना निम्तिने चेतावनी दिएका छन् । sahakariविहिबार सहकारी विभागको वार्षिक समिक्षा गोष्ठीमा बोल्दै उनले कानुन संसोधन गरी सहकारी व्यवस्थित गर्न मन्त्रालय लागिरहेको जानकारी दिए । कानुन नरम हुँदा सहकारी छाडा भएको उनको भनाई थियो ।

बचत तथा ऋण सहकारीमा अन्य सहकारीको भन्दा केही बढी समस्यारहेको बताउँदै सचिव श्रेष्ठले अब बन्ने कानुनबाट सहकारीको समस्या समाधान गर्ने बताए । गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले समस्याग्रस्त घोषणा गरेका १ सय ३० वटा संस्थाको समस्या समाधान गर्न सहकारी ऐन संशोधन गर्न लागिएको उनले जानकारी दिए ।

सहकारी ऐन २०४८ मा धेरै समस्या छन््, सुधार गर्न आवश्यक छ’ उनले भने समस्याग्रस्त सहकारीको समस्या सामाधान गर्नका लागि ऐन संशोधन गरेर अधिकार सम्पन्न व्यवस्थापन आयोग गठन गर्न लागिएको बताए ।

सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौडेलले सहकारीको विकासका लागि कनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । ‘सहकारीको विकासका लागि मेरो ध्यान जानेछ, त्यसका लागि म सहकार्य गर्न तयार छु’ उनले भने ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको विकासका लागि राज्यले ध्यान दिन नसकेको आरोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ