वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक अफ काठमाडौंको ५१ करोड खुद नाफा, नगद लाभांस दिन नपाउने

अर्थटुडे
२०७१ श्रावण ३०, शुक्रबार

काठमाडौैं । बैंक अफ काठमाडौंले गत आर्थिक वर्ष ०७० ७१ मा ५१ करोड ४३ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रवार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३४ अर्व ११ करोड ५६ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्व ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको निष्कृय कर्जा १.०६ रहेको छ भने बैंकले बेस रेट ७.५८ राखेको छ । बैंकको चुक्तापुँजी १ अर्व ९२ करोड मात्र रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत असार मसान्त सम्ममा क वर्गका बाणिज्य बैंकहरुलाई २ अर्व चुक्तापुजी पुर्याउ भनिएपनि सो बैंकले भने अझै चुक्तापुजी २ अर्व पुर्याउन सकेको छैन । जस कारण बैंकले नगद लाभांस भने यसवर्ष नदिने पक्का देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ