वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्तीय उत्तरदायित्वबारे तालिम

अर्थटुडे
२०७१ जेष्ठ २०, मंगलवार

काठमाडौँ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालय र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा मंगलबारदेखि पोखरामा सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । तालिममा पोखराका ३० जना पत्रकार सहभागी छन् ।

पेफा सचिवालयका संयोजक डिल्लीराम शर्मा, सदस्य सचिव बाबुराम सुवेदी, पत्रकारद्वय गोकर्ण अवस्थी र नवराज चालिसेले पहिलो दिन तालिम दिए । तालिम उद्घाटनको अवसरमा सचिवालयका संयोजक शर्मा र सदस्य सचिव सुवेदीले उत्तरदायित्वपूर्ण सार्वजनिक वित्तीय खर्चका लागि मिडियाले सशक्त भूमिका निर्बाह गर्नसक्ने विचार व्यक्त गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मोफसलमा पनि बिट पत्रकारिता विकास हुँदै आएको बताए । सेजन अध्यक्ष विज्ञान अधिकारीले पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिँदै जाने जानकारी गराए । तालिमका अवसरमा सेजनका पूर्व उपाध्यक्ष गोकर्ण अवस्थीले मुलुकको अर्थतन्त्र, बजेट, रेमिटेन्स लगायत विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ