काठमाडौं । बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको कारणले निक्षेप र ऋणको ब्याजदरमा गिरावट आएपनि ऋण वृद्धि भने अनुमानभन्दा न्यून रहेको नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औल्याएको छ । यसैगरी बैंकिङ्ग क्षेत्रमा बढ्दै गएको निश्कृय कर्जा चूनौतीका रुपमा रहेको राष्ट्र बैंकको फाइनान्सिय स्ट्याब्लिटी रिपोर्टमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुको निष्क्रिय कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको जनाएको छ । बढ्दो निष्क्रिय कर्जाले बैंकहरूको नाफा ७.२२ प्रतिशतले घटेर आव २०८०/८१ मा ७१.४३ अर्ब रुपैयाँमा सीमित भएको केन्द्रीयको रिपोर्टमा उल्लेख छ ।
२०८१ चैतसम्म आइपुग्दा ९ ओटा बैंकको निश्कृय कर्जा ५ प्रतिशत नाघिसकेको छ । बाणिज्य बैंकको खराब कर्जा ७ प्रतिशत भन्दा माथी पुगेको छ ।
प्रतिवेदनले गत वर्षभन्दा नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको उल्लेख गरेको छ । ‘आर्थिक वर्ष २०२३/२४ को वार्षिक तथ्यांकले सकरात्मक प्रवृत्ति देखाएको छ ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा न्यून मुद्रास्फीति, बलियो बाह्य क्षेत्र र कुल गार्हस्थ उत्पादन वृद्धिमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया