काठमाडौं । ग्लोबल आईएमई बैंक तथा जनता बैंकले सिडिएस एण्ड क्लियरिङसँग सम्झौता गरेको छ । ति संस्थाहरुले आफ्नो सेयर अभौतिकीकरण गर्न सम्झौता गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले एक करोड २० लाख कित्ता साधरण तथा दुई करोड ८९ लाख ९२ हजार कित्ता संस्थापक सेयर अभौतिकीकरण गर्न सम्झौता गरेको छ भने जनता बैंकले पनि ६१ लाख ८० हजार कित्ता साधारण सेयर अभौतिकीकरण गर्ने सम्झौता गरेको छ ।
ग्लोबल आइएमई बैंकको सेयर अभौतिकीकरण गर्न सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत सुवोध शर्मा सिग्देल र ग्लोबल आईएमई बैंकका कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटावीच हस्ताक्षर भएको सिडिएसले जारी प्रेस विज्ञप्तिमा छ ।
बैंकको साधरण सेयरका लागि एनपिई ०१७ए००००१ तथा संस्थापक सेयरका लागि एनपिई०१७ए४०००७ आईएसआईएनका आईएसआईएन कोड प्रदान गरिएको बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी जनता बैंकको साधरण सेयरका लागि एनपिई०२०ए००००५ नम्वरको आईएसआईएन कोड प्रदान गरिएको जनता बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनता बैंकको सेयर अभौतिकीकरण गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भट्टराई तथा सिडिएसका सिईओ सिग्देलवीच हस्ताक्षर भएको छ । यो सँगै सिडिएसमा सेयर अभौतिकीकरणको लागि हालसम्म ६९ कम्पनी दर्ता भएका छन् । त्यसमध्ये २० कम्पनीको अभौतिकीकरणको सम्झौता कम्पनीले जनाएको छ ।
प्रतिक्रिया