वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कार्यभार सम्हालेलगत्तै नवनियुक्त गभर्नरले भेटे अर्थमन्त्री

अर्थटुडे
२०८२ जेष्ठ ८, बुधबार

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार पद तथा गोपनियताको सथपपछि राष्ट्र बैंक पुगेर पदवहाली गरेका उनी त्यसलगत्तै अर्थमन्त्रीसँगै भेट्न मन्त्रालय पुगेका थिए ।

भेटमा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रीक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने प्रतिवद्धता गरे ।

मंगलबार अर्थमन्त्रीको अध्यक्षतामा रहेको समितिले गभर्नरका लागि डा. पौडेल सहित तीन जनाको नाम सिफारीस गरेको थियो । त्यसपछि मन्त्रीपरिषद्को बैठकबाट मंगलबार बेलुकी गभर्नको नियुक्ती भएको हो ।

उक्त अवसरमा अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिनु भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ