काठमाडौ । पतञ्जली योगपीठको जग्गामा भएको अनियमितताको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्ण संसद्को सार्वजनिक लेखा समितिले गरेको छ । बिहीबार बसेको लेखा समितिको बैठकले पतन्जलीसम्बन्धी समितिमा आएका उजुरी र फाइलहरुको विना अध्ययन सिधै अख्तियारमा पठाउने निर्णय गरेको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलले भने,‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायबाट सोधपुछ गरी विवरण मगाएका थियौँ,’‘त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो।’
गत वर्ष नै समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको उजुरीको आधारमा विभिन्न निकायबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो । सोही अनुसार समितिमा प्राप्त भएको कागजातहरुको अनुसन्धानका लागि समितिले अख्तियार पठाउने निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले पतञ्जली योगपीठको जग्गा साटफेर गर्न बाटो खोलिदिएको हो। विंं।सं। २०६६ माघ १८ मा बसेको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा रहेको ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो।
त्यतिबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो। जग्गा किनेको केही महिनामा उसले जग्गा बेच्ने निर्णय गरेको थियो।
प्रतिक्रिया