साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.५३ अंकले बढेर अन्तिम दिन १०३४.३९ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा यस साता १ अर्ब १५ करोड १९ लाख ७८ हजार रुपैयाँ बराबरका २१ लाख ८७ हजार ८ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको तुलनामा ५२.५७ प्रतिशत कम हो । यससात १६३ कम्पनीहरुको कारोबार भएको छ । कारोबार रकम (११ करोड एक लाख रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ,भने कारोबार भएको सेयर संख्या (२ लाख ८२ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सातामा कारोबार रकमको आधारमा पाँच उत्कृष्ठ कम्पनीहरुमा चिलिमे हाइड्रोपावर, एनसीसी बैंक
, सिद्धार्थ बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया