काठमाडौं । नेपाल लाईफ इस्योरेन्स कम्पनीले १ सय रुपैयाँ अंकित सेयर टुक्र्याएर १० रुपैयाँमा झार्ने भएको छ । २ करोड रुपैयाँ पुँजी रहेको कम्पनीले प्रतिसेयर १० रुपैयाँका दरले विभाजन गरी २० करोड कित्ता बनाउन लागेको हो ।
कम्पनीको सेयर विभाजनका लागि साधारणसभाले प्रवन्धपत्र र नियमावली संसोधनका लागि प्रस्ताव पारित गरेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । हालसम्म नियामक निकायले भने सेयर टुक्र्याउन स्विकृती दिएको छैन ।
नेपाल स्टक एक्चेन्चमा हाल कम्पनीको ६३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर सुचिकृत रहेको छ । विभाजनपछि कम्पनीको सेयर ६३ करोड ७ लाख ५० हजार कित्ता पुग्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा यस्तो अभ्यास भएपनि नेपालमा भने पहिलो पटक हो । धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य धेरै किन्न नसक्ने भएपछि सर्वसाधारणले खरिद गर्न तथा बजारमा सेयरको संख्या बढाउन टुक्राउने प्रचलन गरेको सेयर विश्लेषक रविन्द्र भट्टराईले बताए । हाल बजारमा ४ हजार ५ सय २० रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।
प्रतिक्रिया