वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार २१ अंकले घट्यो नेप्से, सवै परिसुचकहरु पनि ओरालो

अर्थटुडे
२०७१ भाद्र २, सोमबार

काठमाडौं। कारोबार सुरु भएको साताको पहिलो दिन सोमबार नेप्से परिसुचक २१ अंकले घटेर १०१३.२५ मा झरेको छ । सोमबार कारोबार शुरु भएदेखि नै घट्ने क्रममा रहेको नेप्से परिसूचक एकै दिन २१ अंकले घट्यो ।nepal stock exchange

सोमबार समुहगत परिसुचक पनि ओरालो लागेको छ । बाणिज्य बैंक समूहको परिसुचक २२.४१ अंकले घटेर ९१५.३२ मा पुगेको छ भने होटल समूह ५९.९ अंकले घटेर १९१७.६२ अंकमा पुगेको छ ।

त्यसैगरी विकास बैंक समूहको १८.६२ अंकले घटेरल ७३०.८१ मा आइपुगेको छ । त्यस्तै जलविद्युत तर्फ ७७.५,फाइनान्स कम्पनीहरुको ३.४४ र विमा तर्फ ६२.६८ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी सोमबार कारोबार रकम पनि घटेर ४७ करोड ८० लाख रुपैयाँ मात्र भएको छ भने ८ लाख ७३ कित्ता सेयरको मात्र किनबेच भयो । नेप्से घट्न सुरु गरेपछि लगानीकर्ताहरु सल्बलाउन थालेको पाइएको छ ।

पहिलो सेयरको भाउ बढ्दा बेचेका सेयरधनीहरु फेरी फर्कने दाउमा रहेको बजार विश्लेषकहरु बताउँछन् । ८०० अंकबाट बढ्न सुरु गरेको नेप्से एकैपटक २१ अंकले घटेको पहिलो पटक भएको विश्लेषकहरुको भनाई छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ