काठमाडौं । सुमनप्रसाद शर्माले आइतबार अर्थसचिवको पदबहाली गरेका छन् । सरकारले केही समयअघि शर्मालाई सूचना तथा सञ्चार मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा गरिएको थियो ।
पदवहाली तथा स्वागत कार्यक्रममा बोल्दै अर्थसचिव शर्माले नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकबाट विकाशील मुलुकको स्तरमा पुरयाउने दीर्घकालिन सोचलाई सार्थक गर्नका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
सचिव शर्माले पूँजीगत खर्चको आकार र गुणस्तरमा बढोत्तरी गर्न, राजस्व परिचालनमा जोड दिन, सार्वजनिक संस्थानको सुधारलाई निरन्तरता दिन, वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न, उच्च व्यापार घाटा कम गर्न निर्यात प्रवद्र्धन र उत्पादनमा वृद्धि गर्नु पर्ने कुरामा जोड दिए ।
यसैगरी उनले विप्रेषणको उपयोगलाई उत्पादनमूलक क्षेत्रमा लगाउन, सार्वजनिक वित्तीय व्यवस्थापनको सुधार मार्फत वित्तीय अनुशान, पारदर्शिता, जवाफदेहिता प्रवद्र्धन गर्न पनि सो कार्यक्रममा सचिव शर्माले निर्देशन दिए ।
प्रतिक्रिया