काठमाडौं । सरकारको सेयर स्वामित्व रहेको एनआईडिसी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७०\०७१ मा १ अर्व तीन करोड रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले नविल बैंकको प्रवद्र्धक सेयर बिक्री गर्नुका साथै गत आवको जोखिम व्यवस्था वापतको रकम फिर्ता गरी नाफा बढाएको हो ।
कम्पनी १ अर्व भन्दा बढी नाफा कमाउने पहिलो विकास बैंक बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४० अर्व ५२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले सेयर बिक्रीबाट १ अर्व ५९ करोड नाफा गरेको छ ।
यसैगरी पुराना नाफाबाट जोखिम व्यवस्था गरेको ४ करोड ७१ लाख रुपैयाँ पनि फिर्ता गरी यसपटकको नाफामा जोडिएको छ । नियमित कारोबारमा भने बैंकले १ करोड ३१ लाख रुपैयाँ घाटा खाएको छ । यसैगरी खराव कर्जा बढेर करिब २४ प्रतिशत पुगेको छ ।
२०७१ असार मसान्तसम्म बैंकले १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया