वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ मोबाइल बजार र सामसुङ मोबाइलबिच सम्झौता, भदौ ११ गतेदेखि २१ सम्म ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो’ हुने

अर्थटुडे
२०७१ भाद्र ३, मंगलवार

काठमाडौं । नेपालको पहिलो व्यवस्थित मोबाइल बजार न्यू मोबाइल मार्केट र सामसुङबिच एक्सपो प्रबद्र्धन गर्ने विषयमा मंगलबार सम्झौता भएको छ ।04

सिटिसी मलमा पत्रकार सम्मेलन गर्दै सामसुङ मोबाइलको नेपालका लागि आधिकारीक बितरक आइएमएसका महाप्रबन्धक संजिव मिश्र र नयाँ मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा बोल्दै नयाँ मोबाइल बजारका अध्यक्ष बस्नेतले नेपालमा नै पहिलो पटक ‘व्यवस्थित मोबाइल बजार’ संचालन गर्न लागेको र उक्त बजारको शुभारम्भको अवसरमा गर्न लागिएको ‘ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो’ को मुख्य प्रायोजकमा सामसुङ मोबाइल आबद्ध भएको जानकारी दिए ।
उनले मोबाइल मार्केटले नेपालको मोबाइल व्यवसायमा नयाँ आयाम कायम गर्ने र यसले मोबाइल ग्राहकहरुलाई अधिकतम सुविधा तथा सेवा प्रदान गर्ने बताए ।
ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो अब ‘सामसुङ मोबाइल ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो २०७१’ को नाममा संचालन हुनेछ ।

त्यसैगरी आइएमएसका महाप्रबन्धक मिश्रले उनले एकै थलोमा सम्पूर्ण प्रकारका मोबाइल ब्राण्डहरुको बिक्री र सर्भिस दिइने बजारले उपभोक्तालाई पनि सुविधा पुग्ने स्पष्ट पारे ।

एक्सपोको प्लाटिनम स्पोन्सरमा बिक्यू र सेलकोन मोबाइल रहेका छन भने गोल्ड स्पोन्सरमा कलर्स, माइक्रोम्याक्स, सोनी मोबाइल र सिटिभी मोबाइल रहेका छन् । त्यसैगरी विभिन्न कम्पनिले समेत एक्सपोको स्पोन्सर गर्ने भएका छन् ।
नयाँ मोबाइल बजारकोे ग्राण्ड ओपनिङको अवसर पारेर कम्पनिले आयोजना गर्न लागेको ग्राण्ड प्रोमोशनल एक्सपो यहि भदौ ११ गतेदेखि भदौ २१ गतेसम्म चल्ने छ ।
मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढि मोबाइलका ब्राण्डेड पसल तथा बिभिन्न कम्पनीका शोरुम र केयर सेन्टर खुल्ने भएको छ । एक्सपोको अवधिभर करिब ४ लाख अवलोकनकर्ता तथा ग्राहकहरु नयाँ मोबाइल बजारमा आउने आयोजकको दाबी छ ।

उक्त एक्सपोको अवधिभर मोबाईल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैंया बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैंया बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ