काठमाडौं । कार्वनले दुइ नयाँ मोडलका मोवाइल सेट नेपाली बजारमा भित्र्याएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उसले नयाँ सेट बजारमा ल्याएको जानकारी दिएको हो । कार्बनको नेपालस्थित आधिकारिक बिक्रेता एलाइड ट्रेड लिङ्क प्रालिका प्रवन्ध निर्देशक मनिषराज भण्डारीले कार्बनले दुई वटा नयाँ मोडलको मोबाइल बजारमा ल्याएको जानकारी दिए ।
स्मार्टफोनको प्रयोग बढ्न थालेपछि एसवान प्लस र ए९२ मोडलका दुई नयाँ फोन नेपाली बजारमा भित्र्याइएको कम्पनीले जनाएको छ।
OLयी फोनमा kjg दुईवटा सिम लाग्छन् भने तीन दशमलव ९७ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको चार दशमलव दुई जेलिविन भर्सन छ । एक गेगाहर्ज प्रोसेसर भएको यी फोनमा तीन दशमलव दुई मेगापिक्सेलको क्यामेरा छ ।
३२ जिवीसम्म मेमोरी क्षमता बढाउन सकिने यी मोबाइलमा दुई सय ५६ एमबीको र्याम छ। वाइफाइ, जी सेन्सर, मल्टिमिडिया, युएसबी सपोर्ट लगायतका विशेषता भएका यो स्मार्टफोनको व्याट्री १६ सय एमएचको छ। सस्तो स्मार्टफोन खोज्नेहरुको लागि लक्षित गरेर यी सेट ल्याइएकोले नेपाली बजारमा कार्बन लोकप्रिय हुने देवसरीले बताए । उनले भने, ुनेपाली बजारमा यो सस्तो खालको स्मार्टफोन हो। यसले नेपालीहरुको मन जित्ने छ।
दुइ नयाँ मोडलका मोवाइल सेट नेपालमा ल्याएसँगै नेपालका क्रिकेटका क्याप्टेन पारस खड्कालाई कम्पनीले ब्राण्ड एम्वेस्टर बनाएको छ । कप्तान पारस खड्काको बढ्दो लोकप्रियता र आकर्षक पहिचनले उनलाई ब्रान्ड एम्बेसडर बनाइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया