काठमाडौं । नेपाली बजारमा विहिबार सुनको भाउ ४ सय रुपैयाँ सस्तो भएको छ । बुधबार प्रतितोला ५४ हजार रुपैयाँ कायम रहेको सुन विहिबार घटेर ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको भाउ भने केही दिनदेखि स्थिर रही प्रतितोला ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिन्दू नारीहरुको पर्व तिज नजिकिदै गर्दा भाउ सस्तिएपछि उपभोक्तालाई राहत भएको छ । महिलाहरुले तिजका लागि गहना बनाउने भएकाले व्यवसायीहरुले यसलाई मुख्य बिक्रीको सिजनको रुपमा लिन्छन् ।
प्रतिक्रिया