वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओरेन्टल सहकारी अध्यक्ष सुधिर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश

अर्थटुडे
२०७१ भाद्र ६, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले ओरेन्टल सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ । जिल्ला र पुनरावेदन अदालतले धरौटीमा छोड्ने फैसल्ला विरुद्ध सरकारले गरेको पुनरावेदनको फैसल्ला गर्दै सर्वोच्चले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । बस्नेतलाई सहकारीमार्फत सर्वसाधारणको ४ अर्व रुपैयाँ निक्षेप संकलन गरी ठगी sudhir_basnetगरेकोलगायतका आरोप छन् ।

शुक्रबार सर्वोच्चका न्यायाधिस गिरिशचन्द्रलाल र देवेन्द्र गोपालको संयुक्त इजलासले बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो ।

यसअघि पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उक्त फैसल्ला विरुद्ध सरकारले गरेको पुनरावेदनलाई पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै निर्णय सदर गरेको थियो ।

जिल्ला र पुनरावेदनको निर्णय सच्याउन माँग गर्दै सरकारले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ