वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाढी पहिरो पिडितलाई एनसेलद्धारा २० करोड सहयोग

अर्थटुडे
२०७१ भाद्र ६, शुक्रबार

काठमाडौं । मोबाइल टेलिफोन सेवा प्रदायक एनसेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी निर्देशक एरिन तेल्यान्लरले २० करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संयुक्त लगानीमा स्थापित एनसेलले नेपालका जनता बाढीपहिरो जस्तो प्राकृतिक विपत्तिमा परेको बेला उदार मनले सहयोग गरेर सराहनीय काम गरेको बताए । एनसेलका प्रमुख कार्यकारी निर्देशकले नेपाली जनताको दुःखमा सहयोग गर्न पाएकामा कम्पनीले सन्तोष व्यक्त गरेको बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ