काठमाडौं । सहयात्री सहकारी बहुउद्देश्यीय सहकारीले आइतबारदेखि काठमाडौंको गोठाटार गाविसमा लघुवित्त कार्यक्र सुरु गरेको छ । महिलाहरुको आर्थिक तथा सामाजिक सुदृढीकरणमा टेवा पुर्याउने उदेश्यले सुरु गरिएको कार्यक्रममा एक वर्षभित्र गाविसका ५ सय महिलालाई आवद्व गर्ने लक्ष्य रहेको संस्थाका कार्यकारी अध्यक्ष खेमराज सुवेदीले जानकारी दिए ।
आईतबार संस्थाको लघुवित्त कारोबारका साथै तिज कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले सहकारीमार्फत सञ्चालित लघुवित्त कार्यक्रम सफल हुने दावी गरे ।
यस्तै संघकी महिला उपाध्यक्ष ओमदेवी मल्लले महिलाहरुको शसक्तिकरणकामा सहकारीको ठूलो योगदान रहेको बताइन् । सहयात्रीले लघुवित्त कार्यक्रम मार्फत महिलाहरुको आर्थिक उन्नतिका लागि चालिएको कदम प्रसंसनीय रहेको उनको भनाई थियो ।
कार्यक्रम गाविसका नौ वडाका करिव ४ सय महिलाहरु उपस्थित रहेका थिए । कार्यक्रममा संस्थाले राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।
सहयात्री सहकारीद्धारा लघुवित्त कार्यक्रम सुरु, देशभरका महिलालाई सेवा दिने लक्ष्य
२०७१ भाद्र ८, आईतवार
प्रतिक्रिया