वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वैदेशिक लगानी बढ्न सकेन, उद्योगको संख्या पनि घट्यो

अर्थटुडे
२०७१ भाद्र ९, सोमबार

काठमाडौं । सरकारले वैदेशिक लगानीलाई प्राथमिकता दिएको बताएपनि लगानी भने उल्लेख्य रुपमा बढ्न सकेको छैन । सरकारले वैदेशिक लगानीको नारा उचालेपनि देशमा लगानीको वातावरण सुधार्न नसक्दा उल्टै वैदेशिक लगानीमा खुल्ने कम्पनीको सख्या घटेको छ । लगानी सम्बन्धी स्पष्ट कानुनको अभाव, श्रम समस्या, लगानीको सुरक्षालगायतका विषयमा सरकार स्पष्ट हुन नसक्दा लगानी भित्रन नसकेको विज्ञहरु बताउँछन् ।

आर्थिक वर्ष २०७०\७१ मा २० अर्व १० करोडको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । ३ सय ५ वटा परियोजनाले उक्त लगानीको स्विकृत लिएको उद्योग विभागले जनाएको छ । त्यसबाट ११ हजार ७ सय ३२ जनाले रोजगारीको अवसर पाउने आकंलन गरिएको छ । आव २०६९\७० को तुलनामा वैदेशिक लगानी सामान्य बढेको देखिएपनि परियोजनाको संख्या भने घटेको छ । उक्त अवधिमा ३ सय १७ वटा उद्योगले १९ अर्व ९३ करोड रुपैयाँ लगानी गरेका छन् ।

आव २०७०\७१ दर्ता भएका कुल ३ सय ५ परियोजनाहरुमध्ये सेवा सम्बन्धी १०६, पर्यटन सम्बन्धी ८७, कृषि तथा वन सम्बन्धी ४७, उत्पादन सम्बन्धी ४४, खानी सम्बन्धी ११ र उर्जा सम्बन्धी १० रहेका छन् ।

अघिल्लो वर्ष स्वीकृत परियोजनाहरुमध्ये सेवा सम्वन्धी ८९ तथा पर्यटन सम्बन्धी ८९, उत्पादन सम्बन्धी ८४, कृषि तथा वन सम्बन्धी ४३, उर्जा सम्बन्धी ६, खानी सम्बन्धी ५ र निर्माण सम्बन्धी १ वटा परियोजनाहरु रहेका थिए ।

अघिल्लो वर्षको तुलनामा गत वर्षमा कृषि तथा वन, एवम् उर्जा सम्बन्धी परियोजना संख्या तथा लगानी रकम दुबैमा वृद्धि भएको छ भने उत्पादन, सेवा, खानी तथा पर्यटन सम्बन्धी परियोजनाको लगानी रकममा भारी गिरावट आएको छ ।

देशगत रुपमा विश्लेषण गर्दा आव २०७०\७१ मा सबैभन्दा बढी चीनबाट ११९, संयुक्त राज्य अमेरिकाबाट २८, भारतबाट २२ तथा दक्षिण कोरियाबाट २२, जापानबाट १५, संयुक्त अधिराज्यबाट १२ र अन्य देशहरुबाट ८७ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ