वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीले लगानीको दायरा बढाइने, बढ्ला त सेयर बजार ?

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

काठमाडौं । बिमा समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीहरुको लगानीको दायरा र सिमामा वृद्धी गर्ने भएको छ ।bima samiti सेयर बजार परिसुचक (नेप्से) उच्च अंकले गिरावट आएका बेला बिमा कम्पनीहरुको थप लगानी बजारमा आउने हल्लाले पुनः बजार आशावादी देखिएको छ । यसले बजार बढ्ने विश्लेषण गरिएको छ ।

बिमा समिति स्रोतका अनुसार बिमा कम्पनीहरुले सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको हो । हाल ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यसैगरी बिमा कम्पनीहरुले पूर्वाधारको क्षेत्रमा पनि लगानी गर्न पाउने बताईएको छ ।
बिमा कम्पनीहरूको बिमा कोष बढ्दै गएको तथा बंैकहरूले दिने ब्याजदर पनि घट्दै गएकाले नयाँ लगानी क्षेत्र बढाउन लागिएको समितिले स्रोतले जनाएको छ । नयाँ लगानी नीति लागू गर्न बिमा समितिको सञ्चालक समितिसमक्ष पेस गरिसकेको छ । सञ्चालक समितिले उक्त नीति पारित गरेपछि लागू हुने समितिले जनाएको छ ।

हाल जीवन तथा निर्जीवन बिमा कम्पनीसँग करिब ८० अर्ब रुपैयाँ लगानी योग्य रकम रहेको समितिले जनाएको छ । समितिका अनुसार नयाँ नीतिअनुसार जलविद्युत्, कृषि, पर्यटन, शिक्षा, स्वास्थ र पूर्वाधारमा कुल बिमा कोषको ५ प्रतिशत रकम लगानी गर्न पाउने भएका छन् । त्यसैगरी दीर्घकालीन लगानीका लागि यी क्षेत्रको संस्थापक तथा प्रबद्र्धक सेयरमा पनि लगानी गर्न सक्नेछन् ।
बिमा समितिका अनुसार बिमा कम्पनीहरूलाई पहिलो पटक पूर्वाधारका क्षेत्रमा लगानी गर्न छुट दिएको हो । यसअघि बिमा कम्पनीहरूले क वर्गको लगानीमा कुल बिमा कोषको ७५ प्रतिशतसम्म रकम परिचालन गर्दै आएका थिए, जसअनुसार बंैकमा निक्षेप ३५ प्रतिशत, सरकारी ऋणपत्रमा २५ प्रतिशत सामूहिक लगानी कोषमा ५ प्रतिशतका दरले लगानी गर्दै आएको थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ