वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार पनि २६ अंकले घट्यो नेप्से, जलविद्युत समूहका लगानीकर्ताले कमाए

अर्थटुडे
२०७१ भाद्र १०, मंगलवार

काठमाडौं । साताको पहिलो दिनदेखि नै घट्न सुरु गरेको नेप्से परिसुचक मंगलबार पनि भारी अंकले घटेको छ । सोमबार ३७ अंकले घटेको सेयरबजार उकालो लाग्ने छाँटकाँट देखिएको छैन ।nepse

मंगलबार नेप्से परिसुचक २५.९८ अंकले घटेर ९२१.८६ अंकमा पुगेको छ । सोमबार जलविद्युत समुहको परिसुचक घटेको थियो तर सो समुहको नेप्से पसिुचक मंगलबार भने बढेको छ ।

जलविद्युत समूहको नेप्से परिसुचक ६६.५ अंकले बढेको छ भने अन्य समूहगत परिसुचकहरु घटेको छ । सोमबार विमा समूहको समूहगत परिसुचक २३७.७२ अंकले घटेपनि मंगलबार भने सो समूहको परिसुचक ८८.०६ अंकले मात्र घटेको छ । बैंकिङ समूहको परिसुचक ३९.४ अंकले फाइनान्सको ५.५३ अंकले घटेको छ ।
त्यस्तै होटल र विकास बैंकको समूहगत परिसुचक पनि घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मगलबार कारोबार रकम भने बढेको छ । यो दिन ५१ करोड ७५ लाख बराबरको ८ लाख ३३ हजार कित्ता सेयरको किनबेच भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ