काठमाडौं । सेयर लगानीकर्ता तथा ब्रोकरले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तत्काल सच्याउन माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकले केही दिन अघि जारी गरेको निर्देशनका कारण सेयर बजार ओरालो लागेको भन्दै तत्काल सकारात्मक स्टेटमेन्ट ल्याउनुपर्ने बताएका हुन् ।
मंगलबार रिपोटर्स क्लव नेपलमा आयोजित अन्तक्रियामा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बैंक तथा वित्तिय संस्थालाई प्राथमिक पुँजीको ३० प्रतिशतसम्म सेयरमा लगानी छुट दिने राष्ट्र बैंकले एकाएक एक प्रतिशतमा झारेको ले सेयरबजार ह्वात्तै घटेको बताए ।
नियामक संस्थामा एकले अर्काको कार्यक्षेत्र हस्तक्षेप नगर्ने सहमति भए पनि राष्ट्र बैंकले सेयर बजारलाई सधैं प्रभावित गर्ने गरेको तिमिल्सिनाको भनाइ छ । ुराष्ट्र बैंकको दादागिरीमा पुँजी बजारको नियामक धितोपत्र बोर्ड निरिह देखिँदै आएको छु उनले भने ।
उनले राष्ट्र बैंकको निर्देशन पछि बोर्ड र नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई सम्बोधन गरेर कुनै सन्देश प्रवाह नगरेकोमा दुख व्यक्त गरे । एक हजार ८५ अंकमा पुगेको सेयर बजार १५ प्रतिशत घटि सक्दा समेत बोर्डले एक शब्द नबोल्नु गैर जिम्मेवारीको पराकाष्टा भएको उनले बताए।
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्र सिजापतीले आफुलाई नियामक ठान्नेहरुको सोच बदलिनु पर्ने बताए। २० बर्ष अघि सेयरमा एक सय रुपैयाँ लगानी गर्नेको मुल्य अहिले नौ सय ५० रुपैयाँ हाराहारी पुग्नु कुनै अतिशयोक्ति होइनु उनले भने ुतर, यसलाई आधार मानेर सेयर बजार घटाउन नियामकहरुले अनेक प्रपञ्च गरेका छन्। आम नेपालीको आम्दानीको स्तरमा सुधार आएको कारण नै केहि समय देखि सेयर बजारमा पनि उत्साह देखिएको उनले बताए।
नेपाल राष्ट्र बैंकको निर्देशनले साना लगानीकर्ताको रगत चुसिएको हुनाले तुरुन्त सच्याउन उनले माग गरे। ठुला भनिएकाले त तुरुन्त सुचना पाउँछन् उनले भने। नेप्से परिसुचक सात सय ५० अंक भन्दा माथि लागे पछि खरिद गर्नेले अहिलेको ह्रासमा घाटा खाइ सकेको उनको भनाइ छ। नेप्से चारवटा अंक भन्दा तल आउँदैन भनेर आफुले सोचे पनि त्यस विपरित भएको उनले बताए।
बजार कसैले अफबाह फैलाए पनि सेयर बेच्न लगानीकर्तालाई हतार नगर्न उनले आग्रह गरे। त्यसैगरी सेयरमा लगानी गरिरहेका लगानीकर्ता किसन राईले राष्ट्र बैंक बाट तुरुन्त सकारात्मक स्टेट्मेन्ट आउनु पर्ने र यदी समयमा स्टेट्मेन्ट नआएमा ९९ प्रतिसत लगानिकर्ता मार मा पर्ने बताए । उनले साना लगानीकर्ताहरुलार्य जोगाउनु राज्यको दायित्व भएको बताए ।
यसैगरी निम सेक्युरीटीजका प्रमूख कार्यकारी अधिकृत विष्णुप्रसाद सापकोटाले राष्ट्र बैंकको निर्देश्नकै कारण सेयर बजार घटेको बताउँदै यसलाई सच्याउनुपर्ने बताए ।
प्रतिक्रिया