वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलको निःशुल्क ट्विटर अफर थप ३ महिना

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको निःशुल्क ट्विटर अफरको समयावधि ३ महिनाका लागि थप गरेको छ । जेठ १३ बाट लागू गरेको निःशुल्क ट्विटर योजनाको अवधि यही भदौ १० गते सकिँदै थियो । मंगलबार गरेको म्याद थपसँगै एनसेलका ग्राहकले लोकप्रिय माइक्रो–ब्लगिङ सञ्जाल ट्विटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्ने भएका छन् ।
योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले मोबाइल सेटबामार्फत तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क ट्विट गर्न,अरूको ट्विट पढ्न, अरूलाई फलो गर्न तथा आफ्ना फ्लोवरहरूलाई सन्देश पठाउन सक्नेछन् । ओपेरा मिनी ब्राउजर भर्सन ४.४ वा सोभन्दा माथिल्लो भर्सन चलाउने ग्राहकले पनि निःशुल्क ट्विटर चलाउन पाउनेछन् ।

निःशुल्क ट्विटरको अफर नयाँ एनसेल प्रयोगकर्तालाई पनि लागू हनेछ र सुविधाबापत कुनै सेवा शुल्क लाग्दैन । ट्विटरमा रहेको वाह्य लिंक क्लिक गरी अन्य साइट हेर्दा नियमित शुल्क लाग्नेछ । मोबाइल प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने सूचना प्राप्त गर्ने रत्यसलाई स्विकार गरेमा मात्र ति साईटहरू खुल्नेछन् ।

प्राविधिक कारणले गर्दा ट्विटर जिरो ओपेरा मिनीबाहेक अन्य प्रोक्सी ब्राउजर रहेको मोवाइल सेटमा भने उपलब्ध हुने छैन । यस्ता सेट÷ब्राउजरबाट ट्विटर चलाउँदा नियमित डेटा शुल्क लाग्ने एनसेलले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ