काठमाडौं । मेगा बैंक र जेएमई रेमिट कम्पनीबीच रेमिट्यान्स भुक्तानी गर्नेबारे सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र जेएमई रेमिटका अध्यक्ष दीपेन्द्र जोशीले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरे ।
यो सम्झौतापछि जापानमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन थप सहज हुनेछ । जेएमईले जापानबाट पठाएको रकम मेगा बैंकका देशभर छरिएका २८ वटा शाखा र ११ सय भन्दा बढी एजेन्टहरुमार्फत सहजै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
त्यसैगरी सम्झौता अनुसार जेएमई रेमिटले पनि आफ्ना घरेलु एजेन्ट नेटवर्कमार्फत मेगा रेमिटको भुक्तानी गर्न सक्नेछ । यो व्यवस्थाले देशभरि नै सहज र छरितो रुपमा रेमिट्यान्स सेवा उपलब्ध हुने अपेक्षा लिइएको बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीस“गको साझेदारीमा मेगा बैंकले यसअघि नै खाडी, युरोप र अन्य राष्ट्रबाट मेगा रेमिट सेवा प्रदान गर्दै आएको छ । यसैगरी, जेमई रेमिटससँगै बेस्ट रेमिट, प्रभु रेमिट, आइएमई, हिमाल रेमिट, जेएमई, सिटी एक्सप्रेस, युनाइटेड रेमिट, मनी ग्राम, डिजी टेक लगायतका रेमिट्यान्स कम्पनीस“गको सहकार्यमा विश्वका सम्पूर्ण मुलकबाट नेपालमा रेमिट्यान्स भित्राउ“दै आएको छ ।
प्रतिक्रिया