काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुव्वा छविराम काफ्ले घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । विहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिडिओ कार्यालयमा छापा मारी घुस लिएको ३० हजार रुपैयाँसहित उनलाई पक्राउ गरेको हो ।
काफ्लेले हातहतियार खजना मुद्दा खेपिरहेका सविन ठकुराठीसँग मुद्दा मिलाईदिन्छु घुस लिएको अख्तियारले जनाएको छ ।
घुस लिएको रकम काफ्लेले कार्यालयको दराजमा राखेका थिए ।
यसैगरी अख्तियारले जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी प्रभुराम शाहालाई पनि सर्वसाधारणसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ । उनले नागरिकता बनाइदिनेभन्दै सेवाग्राहीसँग २ हजार रुपैयाँ लिएको अख्तियार स्रोतले जनाएको छ ।
प्रतिक्रिया