काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७०\७१ को नाफाबाट ६५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । विहिबार बसेको बैंकको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनश सेयर र ४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । नबिल बैंकको यो प्रतिफल वाणिज्य बैंकहरुमध्ये सबैभन्दाबढी हो । बैंकले घोषणा गरेको लाभांस मात्र १ अर्ब ३७ करोड ११ लाख रुपैयाँको रहेको छ ।
बोनस सेयर वितर गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृति दिएपछि बैंकको यो निर्णय कार्यान्वयन हुन्छ । आर्थक वर्ष २०७०\७१ मा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । केही समयअघि एभरेष्ट बैंकले पनि ६२ प्रतिशत लाभांशको घोषणा गरेको थियो ।
प्रतिक्रिया