काठमाडौं । बाणिज्य बैंकहरुले घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई दिएको ऋणको नोक्सानी व्यवस्था बार्षिक २० प्रतिशतका दरले गर्ने व्यवस्था मिलाई दिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।
बैंकर्स एसोसिएसन मार्फत नै उनीहरुले बस्नेतको ऋण व्यवस्थापनका लागि विशेष सहुलितय माग गरेका हुन् । बस्नेतलाई ऋण प्रवाह गर्ने बैंकहरुले गत आर्थिक वर्षबाटै गणना हुनेगरी यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।
बस्नेतको सम्पत्तिभन्दा दायित्व बढ्दै गएको र अधिकांश सम्पत्तिमा किचलो रहेकाले बाणिज्य बैंकहरुले उनको ऋण व्यवस्थापनका लागि बार्षिक २० प्रतिशतका दरले नोक्सानी व्यवस्था गर्न पाँच वर्षको समयमा माग गरेका हुन् ।
बस्नेतको करिव डेढ दर्जन बाणिज्य बैंकहरुसँग ऋण छ । उनको ख र ग वर्गका विकास बैंक तथा फाइनान्स कम्पनीहरुसँग पनि धेरै ऋण रहेको छ । बस्नेतविरुद्ध परेको मुद्धामा केही दिनअघि मात्रै सर्बोच्च आदलतले थुनामा राखेर ठगीको आरोपमाथि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
राष्ट्र बैंकको नियम अनुसार ऋणको किस्ता र व्याजको भाका तीन महिना नाघे २५ प्रतिशत ६ महिना नाघे ५० प्रतिशत र वर्ष दिन नाघे पुरै ऋणको नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । अहिलेसम्म बैंकहरुले यस्तो व्यवस्था नाफाबाट गर्दै आएका छन् ।
बैंकहरुको नाफाले नधाने पुँजीबाट नोक्सानीको व्यवस्था गर्नुपर्ने हुन्छ । बस्नेतको ऋणका कारण केही बैंक तथा वित्तिय संस्थाहरु घाटामा गएको छन् भने कतिपयको आम्दानी नै घटेको छ ।
प्रतिक्रिया