वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमईबाट पैसा पठाउदा विदेशमा परिवार भेट्न पाईने

अर्थटुडे
२०७१ भाद्र १५, आईतवार

काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) मार्फत विदेशबाट रकम पठाउदा विदेशमै गएर आफ्नो परिवार भेट्न पाइने भएको छ । दशैका अवसरमा सुरु गरेको ‘आईएमई परिवार भेट’ योजना अन्र्तगत बम्पर उपहार विजेताले परिवारका चार जना सदस्यसहित आफन्त भएको देशमा पाँच दिनको भ्रमण गर्न पाउने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

विदेशबाट रकम पठाउने ग्राहकलाई दैनिक लक्की ड्र मार्फत् चुनिने विजेताले स्मार्ट फोन र साप्ताहिक लक्की ड्र विजेताले आइप्याड पुरस्कार पाउने छन ।
आगामी भदौ १६ गतेदेखि असोज १९ गतेसम्म सञ्चालन हुने यो योजनामा आईएमईसँग कारोबार गर्ने ग्राहकहरु सहभागि हुन पाउने कम्पनीले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

त्यसैगरी नेपालमा भुक्तानी लिनेको हकमा दैनिक लक्की ड्र विजेतालाई स्काइ लगेज व्याग र साप्ताहिक लक्की ड्र विजेतालाई डिजिटल क्यामेरा उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आइतबार सो योजना सार्वजनिक गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रपसाद ढकालले आइएमईले विदेशबाट रेमिट्यान्स भित्र्याउनका लागि मात्र ध्यान नदिइ सो रकम उत्पादनमुलक क्षेत्रमा लगाउनका लागि सर्वसाधरणलाई उत्प्रेरित समेत गरेको बताए ।

उनले आइएमई र एनआरएनको संयुक्त लगानीमा दोर्दीखोलामा २७ मेगावाटको हाइडपावरको समेत सुरुवात गरेको बताए ।  त्यसैगरी आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमइले यस योजनामार्फत परिवारको भावनात्मक सम्बन्धलाई समेत जोड्न खोजेको बताए ।

त्यसैगरी प्रमूख बजार तथा व्यापार प्रबद्र्धक डेनियल डी.श्रेष्ठले आइएमईले ७५ जल्लाका शाखा सवएजेन्ड र बैंक तथा वित्तिय संस्थाका शाखा मार्फत रेमिट्यान्स भित्र्याईरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ