वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार ६ अंकले घट्यो नेप्से,लगानीकर्ताहरु एभरेष्ट बैंकप्रति आकर्षित

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । साताको पहिलो दिनदेखि नै घट्न सुरु गरेको सेयर बजार परिसुचक (नेप्से) सोमबार पनि घटेको छ । गत साताको अन्तिम दिन उकालो लागेको (नेप्से)  साताको दोस्रो दिन सोमबार ६ अंकले घटेर ९४६.६० मा झरेको छ ।nepal stock exchange

सोमबार फाइनान्स कम्पनी समूहको समुहगत परिसुचक ०.४५ अंकले बढेको छ भने अन्य समूह घटेको छ । समूहगत परिसुचकतर्फ सवैभन्दा बढी विमा समूह्को  ६९.४५ अंकले घटेको छ भने सवैभन्दा कम बैकिङ २.८ अंकले समुहको परिसुचक घटेको छ ।

सोमबार ४३ करोड बराबरको ८ लाख ८८ हजार कित्ता सेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार सवैभन्दा बढी गुमाउने पाँच कम्पनीहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्सुरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट, पिपुल फाइनान्स र अरनिको डेभलपमेन्ट बैंक बैंक रहेका छन् ।

त्यसैगरी सवैभन्दा बढी कमाउनेहरुमा विराट लक्ष्मी विकास बैंक, जानकी फाइनान्स, रिलायवल लोटल फाइनान्स, सेत फाइनान्स र बंगलादेश बैंक रहेका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार सवैभन्दा बढी एभरेष्ट बैंकको सेयर खरिद विक्रि भएको छ । एभरेष्ट बैंकको सोमबार एकदिन मात्र ७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ