वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुलाई पुसयता नै मन्त्रीपरिषद् मा पेस गर्ने तयारी गर्दै अर्थमन्त्रालय

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले बजेटलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।DSCN4117 (1)

सोमबार अर्थमन्त्रालयमा भएको अर्थमन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुसँगको छलफलमा
अर्थमन्त्री डा.महतले महाशाखा प्रमुखहरुले तयार पारेको कार्ययोजनालाई अन्तिम रुप दिन निर्देशन दिएका हुन् ।
उनले नयाँ आर्थिक सुधारसँग सम्वन्धित सबै ऐन कानूनहरुलाई पुसयता नै मस्यौदा र छलफल सकी मन्त्रिपरिषदमा प्रस्तुत गर्ने गरी तयार गर्न समेत निर्देशन दिएका छन् ।
मन्त्री डा. महातले सचिवहरुलाई निर्देशन दिदै नवीन बिचार भएका तर लगानीयोग्य पुँजी नभएका साना र मध्यम व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको स्टार्ट अप फण्डमा दाता संस्थाहरुको सहयोग जुटाएर कोषलाई ठूलो बनाउन आवश्यक रहेको बताए । यसले उद्यमशिलताको विकासमा उल्लेख्य भूमिका निर्बाह गर्न सक्ने उनको भनाई रहेको छ ।
अर्थमन्त्री डा महतले अपार्टमेन्ट खरिदमा गैर आवासीय नेपालीहरुलाई प्रोत्साहित गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिदै उनले मन्त्रालयका महाशाखा प्रमूखहरुलाई भने –सरकारी संस्थानहरु बोझको रुपमा रहेकोले तिनलाई बन्द गर्ने, भाडामा दिने वा निजीकरण गर्ने जस्ता कुन कुन मोडल अवलम्बन गर्न सकिने हो त्यसको खाका पेश गर्नुहोस् ।

सो अवसरमा बजेटमा उल्लेख भएको कर पुनरावलोकन आयोग गठन, युवा स्वरोजगार कोषको पुनसंरचना, चोभारस्थित कन्टेनर डिपो निर्माणका बारेमा पनि सो अवसरमा छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ