वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विभिन्न मागहरु राख्दै राष्ट्र बैंकमा कर्मचारीहरुको आन्दोलन, २० गतेसम्म माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । विभिन्न मागहरु राख्दै बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा कर्मचारीहरुले आन्दोलन गरेका छन् । सोमबार नेपाल वित्तिय कर्मचारी संघले गभर्नर, डेपुटी गभर्नर लगायतका उच्च पदस्थ कर्मचारीहरुलाई घेराबन्दी गरेका थिए ।nepal rastra bank

उनीहरुले विहान १० देखि ११ बजेसम्म घेराबन्दी गरेभने १२ बजेसम्म गभर्नरको कार्यकक्षमा धर्ना दिएका थिए । भदौ १३ गतेदेखि सुरु गरेको आन्दोलन यही २० गतेसम्म दैनिक एक घण्टा चल्ने छ । सो आन्दोलन अन्तर्गत दैनिक एक घण धर्नाको कार्यक्रम रहेको छ ।
यदी आफ्नो मागहरुको सुनुवाइ नभए अर्को चरणको आन्दोलन गर्ने संघले जनाएको छ । अघल्लो वर्षको चैतमा नै कर्मचारी विनियमावली संशोधन गर्ने भनिएकोमा नभएको संघले बताएको छ ।
कर्मचारीको बढुवा, सरुवा, तालिम भ्रमण लगायतमा असमझदारी देखिएपछि विनियमावली संशोधनको कुरा उठेको थियो ।

कर्मचारीहरुले काम गर्न सक्ने भौतिक पुर्वाधारहरु शाखा कार्यालयमा नभएको, तालिममा नातेदारलाई पठाउने गरिएको लगायतका आरोप संघले लगाएको छ । विनीयमावली संशोधनको लागि बैठक बस्ने र भक्ता पचाउने काम मात्र भएको भन्दै उनीहरुले विनियमावली संशोधन तत्काल हुनु पर्ने माग राखेका छन । गभर्नर डा।युवराज खतिवडाले यस बिषयलाई चाँडै टुंगो लगाउने बताउएको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ