काठमाडौं । कारोबार भएका अधिकांश कम्पनीको मूल्यमा गिरावट आएपछि सेयर बजार परिसुचक (नेप्से) बुधबार १२.६४ अंकले घटेर ९ सय ३३.९६ अंकमा झरेको छ । बुधबार सबै समूहगत परिसुचकहरु पनि घटेको छ भने ५ वटा ब्रोकर कम्पनीले कारोबार गर्न नपाएपछि कारोबार रकम पनि घटेको छ ।
बुधबार बैंकिङ ११.७४, होटल १.३, बिकास बैंक ३.१, हाइड्रोपावर ३३.२६, फाइनान्स ०.१५, इस्योरेन्स १२४.९३ र अन्य समूह ५.८८ अंकले घटेको छ ।
प्रतिक्रिया