काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट १८.९५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको उक्त लाभांसमध्ये १३ प्रतिशत वोनस सेयर र ५.९५ प्रतिशत नगद लाभांस रहेको छ ।
बैंकको संचालक समितिले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले गत आवमा ९७ करोड ६२ लाख नाफा कमाएको छ । उक्त अवधिसम्ममा २७ अर्व ९६ करोड निक्षेप संकलन गरी २३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया