वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रजिष्टार पौडेलको आग्रह–राम्रा सहकारी हाम्रा, नराम्रा सहकारी विभागका भन्ने धारणा छोड्नुहोस्

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । सहकारी विभागका रजिष्टार विष्णुहरि पौडेलले –राम्रा सहकारी हाम्रा, नराम्रा सहकारी विभागका भन्ने धारणा त्याग्न सहकारी अभियानका नेताहरुलाई आग्रह गरेका छन् । समस्याग्रस्त सहकारीबारे अभियानको जिम्मेवारी नभएको र विभागले अनुगमन र कारवाही नगरेको आरोप सहकारी क्षेत्रबाट आएपछि रजिष्टारको उक्त भनाई आएको हो ।

Bishnuhari poudel“राम्रा जति सहकारी हाम्रा, नराम्रा विभागका हुन् भन्ने धारणा छोड्नुहोस्” पाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघद्धारा राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने, “विभाग र सहकारी अभियान मिलेर अघि नबढेसम्म सहकारी क्षेत्रका विकृती नियन्त्रण गर्न सकिदैन ।” संघ र विभागविचको सम्बन्ध नङ र मासुको जस्तै भएको औल्याउनुहुदै सबै सरोकारवाला मिल्नुको विकल्प नभएको धारणा व्यक्त गरे । “अड्केका ऐन र नियमावलीको विषयमा सबै मिलेर समाधान गर्नुपर्छ, त्यसको निम्ति विभाग तयार रहेको छ ।” उनले भने ।

राष्ट्रिय संघका नवनिर्वाचित अध्यक्ष केशव वडालले सबै मिलेर सहकारीको समस्या समाधान गर्नुपर्ने बताए । विगतलाई बिर्सेर संघ नया ढंगबाट अघि बढ्न तयारी रहेको उल्लेख गर्दै यस्को निम्ति सबैको सहयोग अपरिहार्य रहेको स्पष्ट पारे । उनले खराव सहकारीको विषयमा सरकारले समेत नकरात्मक धारणा राख्न नहुने बताउदै राम्रा सहकारीको प्रशंसा गर्न बिर्सन नहुने उल्लेख गरे ।

हजारौ सदस्यको वेहाल बनाएको ओरैन्टल सहकारीको उदाहरण दिदै भने – ‘कसैलेपनि लोभ देखाउदैमा फस्न हुदैन , बढी लोभ देखाएको सहकारीले आफ्ना सदस्यलाई सजिलैसंग फसाएको बताउदै यस्तो विषयमा विचार पु¥याउनुपर्छ ।’

नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष एवं राष्ट्रिय संघका संचालक सुरेन्द्र भण्डारीले नया समितिले सहकारी अभियानलाई शसक्त ढंगले अघि बढाउनुपर्ने बताए । ऐन, नियम र वियीयम मस्यौदा तयार गर्दा सहकारीकर्मीको सल्लाह अपरिहार्य रहेको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सहकारी विरोधी कार्य संचालन गर्न नहुने जिकीर गरे ।

संचालक दक्ष पौडेलले सहकारी–सहकारी मिलेर उत्पादन क्षेत्रमा काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । विगतको कामलाई समिक्षा गदै अबको दिनमा नया ढंगले अगाडी बढ्नुपर्ने बताउदै उनले उत्पादन क्षेत्रमा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ