वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनबाट नयाँ मिटर भित्रियो, भदौभित्रै बाँड्ने प्राधिकरणको तयारी

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका उच्च अधिकारीलाई कारबाही गरेपछि कुनै पनि सामान खरिदका लागि प्राधिकरणको नेतृत्व खरिदका लागि तयार देखिएका थिएनन् ।


काठमाडौं । लामो समयदेखि मिटरको अभावमा विद्युत् सेवा पाउन नसकेका ग्राहकका लागि खुसीको खबर छ । नेपाल विद्युत् प्राधिकरणले मिटर प्राप्त गर्न नसकेका ग्राहकलाई वितरण गर्नका लागि ७३ हजार ४ सय ५० थान मिटर ल्याएको छ । भदौ अन्त्यसम्ममा मिटर वितरण सुरु गरिने र निवेदन दिएर प्रतिक्षामा बसेका ग्राहकलाई क्रमैसँग वितरण गर्दै जाने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । नयाँ घर बनाउने तथा विभिन्न कारणले मिटर बिग्रेर मिटर कुरिरहेका ग्राहकले छिट्टै आउन लागेका दसैँअघि नै बिजुलीको मिटर पाउनेछन् ।

metter boxप्राधिकरणका अनुसार मिटर केही दिन पहिले रक्सौल भन्सारमा आइपुगेको छ । केन्द्रीय भण्डार हेटौडा मा आवश्यक परीक्षणपछि मिटर ग्राहकलाई बाँड्ने तयारी गरिएको छ ।

सेवाग्राहीहरूले विभिन्न कार्यालयमा मिटरको माग गर्दै विगत एक वर्ष पहिले निवेदन दिए पनि प्राधिकरणले आन्तरिक समस्याका कारण वितरण गर्न सकेको थिएन । प्राधिकरणसँग जगेडामा मिटर नभएका कारण नयाँ ग्राहकलाई प्रदान गर्न नसकेको र बिग्रेका मिटरसमेत साट्न सकेको थिएन ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार प्राधिकरणले ल्याएको मिटरमा सिङ्गल फेजका ६० हजार र थ्री फेजका १३ हजार ४ सय ५० वटा छन् ।

मुलुकमा प्रत्येक वर्ष दुई लाख थानभन्दा बढी मिटरको आवश्यकता भए पनि प्राधिकरणले मिटर किन्न नसक्दा मिटरको अभाव भएको थियो । प्राधिकरणको जिन्सी शाखाका अनुसार हालसम्म पाँच लाखभन्दा बढी मिटरको माग रहेको छ । मिटर पाउँ भन्दै ग्राहकले प्राधिकरणका विभिन्न कार्यालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार र ऊर्जा मन्त्रालयमा समेत निवेदन दिएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका उच्च अधिकारीलाई कारबाही गरेपछि कुनै पनि सामान खरिदका लागि प्राधिकरणको नेतृत्व खरिदका लागि तयार देखिएका थिएनन् ।

गत फागुनमा चीनको मिडिल साउथसँग भएको सम्झौताअनुसार यही सेप्टेम्बरको अन्त्यसम्ममा थप एक लाख मिटर तथा नोभेम्बरको अन्त्यमा ६० हजार मिटर नेपाल आइपुग्ने बताइएको छ । प्राधिकरणले दुई लाख २० हजार मिटर ल्याउन लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ