काठमाडौं । दुई दर्जन फाइनान्स कम्पनीले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । ०७१ असारमसान्तसम्ममा राष्ट्रियस्तरका फाइनान्सले २० करोड र क्षेत्रीयस्तरकाले १० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने समयसिमा दिएपनि २५ वटा फाइनान्स कम्पनीले समयसिमाभित्र पुँजी पुर्याउन नसकेका छन् । पुँजी नपुगको कम्पनीलाई केन्द्रीय बैंकले कारवाही गर्ने भएपछि पुँजी पुर्याउन उनीहरु बोनस सेयर वितरण वा मर्जरमा लागेका छन् ।
राष्ट्र बैंकले पुँजी नपुगेका फाइनान्स कम्पनीलाई शाखा विस्तार, नगद लाभांश वितरण, निश्चित सीमाभन्दा बढी निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाएपछि उनीहरूलाई लगानीकर्ता खोज्नुको विकल्प छैन ।
काठमाडौं फाइनान्सले भने लगानीकर्ता भित्रिएका छन् । कम्पनीका पुराना संस्थापकले हकप्रद सेयर खरिद गर्न नसकेपछि नयाँ लगानीकर्ता खोजेर बिक्री गरिएको थियो । काठमाडौंको चुक्ता पुँजी असारसम्म १७ करोड पुगेको छ । गत वर्षको नाफाबाट २० करोड चुक्ता पुँजी पु¥याउने तयारीमा कम्पनी छ ।
काठमाडौंका अतिरिक्त ललितपुर, प्रोगे्रसिभ, सेन्ट्रल र सगरमाथा फाइनान्सले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी पु¥याउन सक्छन् । भक्तपुर, नेपाल एक्सप्रेस, नेपाल आवास, प्रिमियर फाइनान्स मर्जरमा गएर चुक्ता पुँजी पु¥याउने योजनामा छन् । त्यस्तै, हिमालय, जनरल, वल्र्ड मर्चेन्ट, क्रिस्टल र कुवेर मर्चेन्ट समस्याग्रस्त अवस्थामा छन् । उनीहरूको पनि चुक्ता पुँजी पुगेको छैन । यीबाहेक ८ वटा फाइनान्सको चुक्ता पुँजी पुग्न ज्यादै कठिन छ ।
राष्ट्र बैंकले चुक्ता पुँजी पु¥याउन बारम्बार ताकेता गरिरहेको छ । “राष्ट्र बैंककै बोलाएर तोकेको समयमा पुँजी पु¥याउन निर्देशन दिएका छौं,” प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने, “पुससम्म नपु¥याउने फाइनान्सलाई थप कारबाही गरिनेछ ।”
०७० असार मसान्तभित्र पुँजी पु¥याउन नसकेपछि राष्ट्र बैंकले पुनः १ वर्षका लागि म्याद थपेको थियो ।
प्रतिक्रिया