काठमाडौं । सेयर बजारमा तिव्र रुपमा घटेर ९ सय भन्दा तल झरेपछि लगानीकर्तामा निराशा छाएको छ । चालु आर्थिक वर्षको बजेटसँगै बढ्न सुरु गरी ११ सय अंकको नजिक पुगेको बजार फेरी घटेपछि लगानीकर्ताहरु त्रसित भएका छन् । कहिले राष्ट्र बैंक त कहिले अर्थमन्त्रालयका कारण भन्दै बजार घट्नुमा विभिन्न कारण देखाउदै आइएको छ । सेयर बजार घट्नुको कारण बजारमा नियजित हल्ला गर्नेहरु सक्रिय रहेको बताइएको छ ।
मंगलबारको कारोबार दैनिकमा लोकबहादुर चापागाँई लेख्छन् : अहिले बजारमा सबैभन्दा बढी चासो आफुसँग भएको सेयर बिक्री गरेका तर, सेयर खरिद गर्न न्यून विन्दु खोज्नेहरुको छ । बजारमा अनेक हल्ला चलाउन उनीहरु नै माहिर छन् ।
विषेशगरी ठुला भनिएका लगानीकर्ताले एकचरण सेयर बिक्री गरी बाहिर निस्किसकेकाले र उनीहरु पुनः बजार प्रवेश गर्न उपयुक्त अवसको खोजिमा छन् ।
बजारमा लगानीकर्ता निराश भएपनि पुरै आत्तिएर सेयर बिक्री गर्ने उपयुक्त समय भने नभएको विज्ञहरुको सुझाव छ ।
अर्कातिर अर्थ मन्त्रालय, केन्द्रीय बैंक मिलेर बजारलाई ६ सय ५० देखि ७ सय अंकको बिचमा राख्ने सहमति भएको हल्ल चलाउनछन् भने सम्पती शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले लगानीकर्ताको आयोश्रोत हेर्न थालेका छन् भनेर मनोवल गिराउन काम पनि भइरहेको छ ।
पहिले बजार बढ्दा १५ सयसम्म पुग्छ भनेर डंका पिट्नेहरु नै अहिले बजार ७ सयमा झर्छ भनेर भनिरहेका छन् र आरोप नियामक निकायलाई लगाइरहेका छन् ।
डेपुटी गर्भनर महाप्रसाद अधिकारी बजारमा केही व्यक्ति नियामकीय भ्रम फैलाएर फाइदा लिन तल्लिन हुने गरेको बताउछन् । अरुलाई दोष देखाएर निर्देशनलाई आफु अनुकुल ब्याख्या गर्ने र त्यसबाट फाइदा लिने समूह बढ्दै गएको उनको भनाई छ ।
बजारमा लगानीकर्ता निराश भएपनि पुरै आत्तिएर सेयर बिक्री गर्ने उपयुक्त समय भने नभएको विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया