वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेले भन्यो – ‘हल्लाले बजार घटिरहेको छ, नआत्तिकन विश्लेषण गरेर लगानी गर्नुहोस्’

अर्थटुडे
२०७१ भाद्र २४, मंगलवार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हल्लाका कारण बजार घटिरहेको बताउदै लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ । वजार घट्नुपर्ने कुनै कारण नभएपनि बजारमा चलेका अनावश्यक हल्लाका कारण २ सय अंक भन्दा बढीको गिरावट आएको भन्दै नेप्सले लगानीकर्तालाई अध्ययन विश्लेषण गरी कारोबार गर्न आग्रह गरेको छ ।

मंगलबार गरेको पत्रकार सम्मेलनमा नेप्सेले जारी गरेको विज्ञप्तीमा भनिएको छ : विगत केही दिन देखि नेप्से परिसुचक इन्डेक्स लगातार घटी २ सय अंकले गिरावट आइसकेको हुदा नेपाल स्टकब एक्सचेन्ज लि को गम्भिर ध्यानाकर्षण भएको छ । नियमानुसार आथिक वर्ष २०७०\७१ समाप्त भई सुचिकृत कम्पनीहरुको साधारणण सभा सम्पन्न गरि बोनस तथा लाभांस वितरण गर्ने समय रहेको र केही कम्पनीहरुले राम्रो प्रतिफल दिने घोषणा समेत गरि सकेको अवस्था छ । बजारमा उच्च तरलता रहेको, बैंक व्याजदर घट्दो क्रममा रहेको र सबै आर्थिक परिसुचकहरु सकारात्मक रहनुका साथै बजार सुधार तथा विकासका लागि सिडिएस कार्यान्वयनमा ल्याई पूर्ण स्वचालित कारोबार प्रणाली ल्याउने तयारी अन्तिम चरणमा पुगि सकेको छ । विगतको अवस्थालाई हेदा बजार घट्नुपर्ने कुनै कारण नभए तापनि बजार हल्लाको भरमा घटिरहेको हुदा आम लगानीकर्ताहरुलाई नआत्तिन र हतोत्साहि भई हल्लाका भरमा सेयर कारोबार नगरी अध्ययन विश्लेषण गरी लगानी गर्नहुन अनुरोध गरिन्छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले पुँजी बजारलाई सरकारले नियालीरहेको र ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बजार तिव्र घटेकोप्रति बोर्डले अध्ययन गरिरहेको बताउँदै लगानीकर्तालाई नआत्तिकन लगानी गर्न आग्रह गरे ।

मंगलबार कारोबार सुरु भएदेखि नै सेयर बजार उकालो लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ