काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटको ओखरपौवास्थित श्री महालक्ष्मी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरर्गत भौतिक सहयोग स्वरुप ४ थान कम्प्यूटर वितरण गरेको छ ।
नेपालको शिक्षा जगतमा टेवा पुयाउने उद्देश्यले सो कार्यगरेको बैंकले जनाएको छ । मंगलबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ४ थान कम्प्यूटर विद्यालयका प्रध्यापक विक्रम श्रेष्ठलाई हस्तान्तरण गरे ।
समारोहमा पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुयाउदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पुयाउने जानकारी दिए ।
बैंकले आफ्नोे थापाथली तथा बाराको कोल्हबी शाखा कार्यालयबाट एटिएमसमेत सञ्चालनमा ल्याएको छ । साथै यी एटिएमहरु सञ्चालनमा आएपछि यस बैंकको अब कुल ३९ वटा एटिएम सञ्चालनमा छन् ।
प्रतिक्रिया