काठमाडौं । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठलाई मेगा बैंक नेपालले सम्मान गरेको छ । बैंकका सिइओ अनिलकेशरी शाहले मंगलबार बैंकको प्रधान कार्यालयमा सम्मान गरेका हुन् ।
बैंककी प्रमुख व्यापार अधिकृत समेत रहेकी श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिइन् । मलेसियाको क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भदौ २१ गते भव्य समारोहबीच श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।
एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले जनाएको छ ।
यसअघि पनि उनले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसक्केकी छिन् । नेपाली महिलाले यो अवार्ड पाएको पहिलो हो । इम्प्लानेट नेपालले नेपालबाट श्रेष्ठको नाम मनोनयनका लागि पठाएको थियो ।
अन्तर्राष्ट्रिय अवार्ड विजेता रविनालाई मेगा बैंकको सम्मान
२०७१ भाद्र २४, मंगलवार
प्रतिक्रिया