वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दिन पनि टिक्न सकेन बजारको वृद्धी, बुधबार ९ अंकले गिरावट

अर्थटुडे
२०७१ भाद्र २५, बुधबार

काठमाडौं । मंगलबार ४४ अंकले बढेको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन । सेयर बजार परिसुचक विहिबार ९ अंकले घटेर ९१० अंकमा झरेको छ ।nepal stock exchange सरकार र नियामक निकायले लगानीकर्तालाई नआत्तिन आग्रह गरेपनि लगानीकर्तामा विश्वासको वातावरण बन्न सकेन । कारोबार सुरु हुँदा बजार केही उकालो लागेपनि त्यो धेरैबेर टिक्न सकेन । अन्तर बुधबार बजार घटेरै छोड्यो ।

बुधबार समूहगत परिसुचकमध्ये होटल, फाइनान्स र अन्य समूह बढ्यो भने बाकी रहेका सबै समूहगत परिसुचक ओरालो लाग्यो ।
विज्ञहरु भने उच्च अंकले उतारचढाव आउनु लगानीकर्ताको अस्थिर मनोविज्ञान र बजार परिपक्क नभएको संकेत नभएको बताउछन् । बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको नेपाली बजारमा नियामक निकायबिच समन्वयको अभावका कारण बजारमा प्रभाव पर्ने गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ