काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि आईतबारदेखि २५ अर्व रुपैयाँ बराबरको नयाँ नोट वितरणको गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट बजार पठाउन लागेको छ ।
एक व्यक्तिले ५, १० र २० का २—२ बण्डल र ५० तथा एक सय रुपैयाँका एक\एक बण्डल गरी २२ हजार रुपैयाँ सटही गर्न पाउने बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राष्ट्र बैंकका काठमाडौं, विराटनगर, जनकपुर, विरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट नोट वितरण गर्नेबैंकले जनाएको छ । यसैगरी सबै बैंकका शाखामार्फत पनि सर्वसाधारणले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया