वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘क्यान सफ्टेक’ को सातौँ संस्करण सुरु

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । कम्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले बर्सेनि आयोजना गर्र्दै आएको सफ्टवेयर सर्भिसेस र सोलुसनसम्बन्धी मेला ‘क्यान सफ्टेक’को सातौं संस्करण विहिबारदेखि सुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चारदिनसम्म सञ्चालन हुने सो मेलामा विभिन्न ६५ कम्पनीका १४२ कक्ष रहेका छन् । मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले क्यान सफ्टेक मेलाले सफ्टवेयर सर्भिस र सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

can softtec 2014

विज्ञान प्रविधि हाम्रो प्राथमिकतामा पर्नुपर्छ, राजनीतिक दल तथा सरकारले सूचना प्रविधिलाई कति महत्व दिएका छन् भन्ने कुरा मैले बारम्बार ध्यानाकर्षण गराउँदै आएको छु, “सरकार गठनका बेला दलहरूबीच गृह, अर्थलगायतका मन्त्रालयमा झगडा गर्छन् तर विज्ञान तथा प्रविधि, कानुन जस्ता मन्त्रालय किन प्राथमिकतामा पर्दैनन् यस्ता कुरामा झक्झक्याउन जरुरी छ”, उनले भने ।

कार्यक्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले विज्ञान प्रविधिको उच्चतम उपभोग गर्नसके मुलुकको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सफ्टवेयर क्षेत्रको विकास र प्रवद्र्धनमा क्यानले यस्ता कार्यक्रम गर्दै आएको क्यानका अध्यक्ष विनोद ढकालले बताए । सफ्टवेयर, सर्भिसेस, सोलुसन र कम्युनिकेसनको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शन, यसको विकास एवम् विस्तारका लागि अन्तक्र्रिया र प्रवद्र्धन गर्ने उद्देश्यले क्यानले सन् २००७ देखि बर्सेनि मेला आयोजना गर्दै आएको छ ।

मेलामा विभिन्न कम्पनीले आफ्ना उत्पादन र सेवामा आकर्षक छुट र अफरहरू सार्वजनिक गरेका छन् । केही कम्पनीले आफ्ना नयाँ उत्पादन यसै सफ्टेकमार्फत सार्वजनिक गर्ने जनाएका छन् । सफ्टेकमा यसपटक एक लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ